साझा डायरी, दाङ ।
घोराही उपमहानगरपालिका ११ झमरे बस्ने ६४ वर्षीय तिलकराम बिकलाई शौचालय गर्न गएको बेला पत्रे खोलाले बगाएको थियो ।आइतबार बिहान खोलाको किनारमा शौचालय गर्न गएको बेला बेपत्ता भएको उनी दिउँसो साढे २ बजेतिर खोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।
घोराही ९ तेघरा स्थित हापुर खोलाको किनारमा घोप्टो परेर घाँसमा अडकिएको अवस्थामा फेला परेका थिए । उनी सधैँ खोलाको किनारमा शौच गर्न जाने गर्दथे । आज पनि खोलाको किनारमा शौच गर्न गएको र अबेरसम्म घरमा नफर्किएकोले उनका घरका परिवारले खोलाको किनारमा गएर हेर्दा त्यस ठाउँमा छाता, चश्मा र लट्ठी फेला परेको हुँदा उनलाई खोलाले बगाएको हुन सक्ने भनी प्रहरीलाई खबर गरेका थिए ।अस्थाई प्रहरी पोष्ट बेलझुण्डी, इप्रका नारायणपुर दाङ, इप्रका मलवार दाङ, प्रहरी चौकी बिजौरी दाङबाट गरी १७ जनाको टोली खटिएर खोज तलास कार्य जारी राखेको र जिप्रका दाङबाट ११ जनाको टोली उद्धारका सामान सहित खोज तलासको लागि प्रहरी टोली खटेको थियो ।