कपिलवस्तु ९ साउन ।सेतो गुराँस वालविकास सेवा कपिलवस्तुको आयोजना , युनिसेफ , राष्ट्रिय सेतो गुराँस वालविकास सेवा काठमाण्डौको सहयोग एवं शिवराज नगरपालिकाको समन्वयमा दुई दिने प्रधानाध्यापकहरु सँग प्रारम्भिक वालविकास कार्यक्रम सम्बन्धि समिक्षा तथा अभिमुखीकरण कार्यक्रम मंगलवार तौलिहवामा गरिएको छ ।कार्यक्रमको उद्घाटन गर्दै युनिसेफ भैरहवाका शिक्षा अधिकृत मन्जु वाग्लेले पुर्नताजगी तालिमले विद्यालयका प्रअहरुले विद्यालयको सिकाई प्रभावकारी गराउनु पर्नेमा जोड दिनु भयो । साथै वाग्लेले प्रारम्भिक वालवालिकाको सिकाई राम्रो बनाउन सकेमा मात्र वालवालिकाको सर्वाङगिक विकास हुने जनाउनु भयो ।
वालवालिकाको मनोभावनालाई वुझेर शिक्षक शिक्षिकाले अभ्यास गराउनु पर्ने उहाँले स्पष्ट पार्नु भयो । कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले शिक्षा क्षेत्रलाई नगरले प्राथमिकता दिएको बताउनु भयो । साथै मेयर थापाले परिणाम आउने गरि काम गर्न समेत सुझाव दिनु भयो । कार्यक्रममा सेवाका अध्यक्ष हुमनाथ पाण्डेले कपिलवस्तुमा २०५८ सालमा स्थापना भएको सेतो गुराँस वालविकास सेवा कपिलवस्तुले जिल्लाका विभिन्न विद्यालयमा प्रारम्भिक वालविकासका लागि प्राविधिक सेवा पुर्याउदै आएको बताउनु भयो । शिक्षाका क्षेत्रमा काम गर्ने व्यक्तिहरु वौद्धिक हुने भएकोले सोहि अनुसार तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा संस्थाका परियोजना संयोजक अनिता शर्माले शिवराजमा लागु भएको परियोेजनाको कार्य र अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । शिवराज नगरपालिकाका महिला र पुरुष गरि २८ जना प्रअहरुको उपस्थिती रहेको थियो । तालिममा प्रअहरुको सक्रिय सहभागिता रहेको थियो । साथै उपस्थित सहभागिले पुर्नताजगी तालिमलाई आ आफ्नो विद्यालयमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । तालिमको सहजिकरण संस्थाका कार्यक्रम संयोजक अनिता शर्मा र तालिम अधिकृत भगवती थापाले गर्नु भएको संस्थाका सचिव रिता थापा बोहोराले बताउनु भयो ।