बाग्लुङ, ०९ साउन । बाग्लुङको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायब निरीक्षक ९वरिष्ठ सई० उज्वल पौडेल मृत फेला पर्नुभएको छ ।
गएराति इलाका प्रहरी कार्यालय भिमगिठेबाट निस्कनु भएका पौडेल मङ्गलवार आज बिहान बडिगाड गाउँपालिका ६ खाल बजारमा रहेको एक होटलमा मृत फेला पर्नुभएको हो ।
इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख राजेश अधिकारीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सिल गरेको छ । घटना थप शङ्कास्पद रहेको भन्दै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेशकुमार खड्काको नेतृत्वमा टोली घटनास्थलतर्फ जाँदै गरेको उहाँले बताउनु भयो ।