घोराही ७ साउन ।दाङमा सङ्घीय सरकारबाट आएको पुँजीगत बजेटमध्ये एक अर्बभन्दा बढी रूपियाँ फिर्ता भएको छ । आर्थिक वर्ष ०७९–०८० मा सङ्घबाट पुँजीगत बजेट चार अर्ब ७५ करोड ८४ लाख ३३ हजार १९ रूपियाँमध्ये एक अर्ब ५ करोड ४२ लाख ३९ हजार ६४९ बजेट खर्च हुन नसक्दा फिर्ता भएको हो ।जिल्लामा आर्थिक वर्ष ०७९/०८० मा सङ्घीय सरकारअन्तर्गत तीन अर्ब ७० करोड ४१ लाख ९३ हजार ३७० रूपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । जुन खर्च कुल बजेटको ७७.८४ प्रतिशत हो । बजेट भएर पनि काम नहुने प्रवृत्तिले गर्दा जिल्लाबाट एक अर्ब बढी बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिनुभएको छ ।
चालुतर्फ सङ्घीय सरकारबाट जिल्लामा १० अर्ब ६८ करोड एक लाख ५५ हजार १४५ रूपियाँ बजेट आएको थियो । जसमध्ये १० अर्ब २९ करोड ९३ लाख ७४ हजार ६ रूपियाँ अर्थात् ९६.३६ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार चालुतर्फ ३८ करोड ८७ लाख ८१ हजार ७७ रूपियाँ खर्च हुन सकेन । आर्थिक वर्ष ०७८–०७९ मा सङ्घीय सरकारबाट प्राप्त पुँजीगत बजेट ५ अर्ब ३७ करोड ६५ लाख ३१ हजार पाँच सय ९ रूपियाँ बजेट आएको थियो । जसमध्ये ३ अर्ब ५१ करोड ५३ लाख ६० हजार ९३० रूपियाँ खर्च भएको थियो । विकास बजेटमा सङ्घीय कार्यालयहरूको अवस्था हेर्दा सबैभन्दा धेरै सघन सहरी तथा भवन निर्माण आयोजना घोराहीको ३७ करोड ३७ लाख पाँच हजार एक सय ३१ रूपियाँ ३८ पैसा फिर्ता भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले दशैं विदामा सरकारी गाडी प्रयोग नगर्ने
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।गृह जिल्ला अर्घाखाँची जाँदा आचार्यले दशैं...
Read more