रुपन्देही ५ साउन ।गृहमन्त्री श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गराएरसंगठनका अध्यक्षलाई प्रहरीले पक्राउ गर्यो भनेर समाचार लेखाउनु र समाचार लेखाएपछि सचिवालयकै सदस्यले प्रहरीमा उजुरी दिनु भनेको गृह मन्त्रालय आफ्नो पक्षबाट कमी कमजोरी भएको र त्यो घटना ढाकछोप गर्न लागेको प्रष्ट हुने प्रेस चौतारीले जनाएको छ । “सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको तर्फबाट स्पष्ट जवाफ दिनुको साटो हाम्रो संगठनका अध्यक्षलाई फसाउने षड्यन्त्रसहित प्रहरीमा जवर्जस्ती उजुरी दर्ता गराउनुले कतै ‘स्याल कराउनु र बाख्रा हराउनु’ जस्तै भएको त होइन रु भन्ने गम्भीर प्रश्न पनि उठेको छ”–विज्ञप्तीमा भनिएको छ ।त्रिभुवन विमानस्थलबाट सुन समातिएपछि प्रेस चौतारीका केन्द्रीय अध्यक्ष बस्नेतले ‘मलाई आएको सूचना यस्तो छ,’ गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते ।’ मैले सोधें–कसरी रु जवाफ आयो, खोज्नोस, सत्य यही हो ।’
अव कसरी पत्याउनु ? नारायणकाजी कमरेड जस्तो त्यागी, एक रुपैयाँ आम्दानी नभए पनि दैनिक ५० हजार खर्च गरेर हिँड्न सक्ने त्यागी गृहमन्त्री भएको बेला यस्तो होला भनेर ।’ लेखेका थिए ।यसैलाई आधार मानी बस्नेतविरुद्ध साइवर क्राइममा उजुरी दर्ता भएको हो । गृहमन्त्रीको सचिवालयबाट भएको यो कामले कतै गृह मन्त्रालय नेपाली प्रेस र आम नागरिकलाई आतंकित पारेर÷त्रासमा राखेर निरंकुश एवं अधिनायकवादी शासन चलाउने अभ्याशमा त छैन भन्ने गम्भीर आशंका पैदा गरेको प्रेस चौतारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
गृहमन्त्रीको सचिवालयबाट भएको यो काम अत्यन्तै आपत्तिजनक मात्र होइन, नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र वाक स्वतन्त्रताको समेत विरुद्धमा रहेको प्रेस चौतारीले ठहर गरेको छ ।आफूमाथि कसैले प्रश्न उठाउन नदिने योजनाका साथ चालिएको यो काम तत्काल फिर्ता लिएर माफी माग्न प्रेस चौतारीले गृहमन्त्रीलाई आग्रह गरेको छ । उक्त प्रकरणलाई लिएर प्रेस चौतारी नेपाल रुपन्देहीलगायत चौतारीका विभिन्न जिल्ला शाखाले आपत्ति जनाएका छन् ।
जाडो बढेपछि कपिलवस्तुका ६ पालिकामा विद्यालय बन्द
कपिलवस्तु । तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत...
Read more