काठमाडौँ, ०३ असार । कपिलवस्तुकी आयुश्मा रेश्मी (मगर) त्रिभुवन विश्वविद्यालय प्रथम भएकी छन् । वाणगंगा २ स्थित जनता माध्यमिक विद्यालयबाट वि.स. २०७२ सालमा एसएलसी दिएकी रेश्मी भर्खरै सार्जजनिक भएको बिबिएस दोश्रो वर्षको बार्षिक परीक्षमा विशवविद्यालय प्रथम हुन सफल भएकी हुन् ।
उनले ८४ दशमलव ४० प्रतिशत अंक ल्याएकी छन् जुन विश्वविद्यालयमै उच्च हो । यो खुसीमा जनता माविले पूर्व विद्यार्थी भएको नाताले उनलाई बधाई र शुभकामना दिएको छ ।
जनता माविका प्राचार्य रमेश पन्थीले समग्र कपिलवस्तु र स्कुलको नाम उँचो बनाएको भन्दै रेश्मीलाई बधाई र शुभकामना दिए । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्ययनरत उनको स्थायी घर वाणगंगा २ पिपरा हो ।