कपिलवस्तु २५ असार । कपिलवस्तुको बाणगंगा नगरपालिका ४ सिद्धिपुर स्थित होराईजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयले लगातार २ वर्ष ४ जिपिए ल्याएर कपिलवस्तुको शिक्षालाई राष्ट्रिय पहिचान दिलाएको निष्कर्ष निकालिएकोछ । विद्यालयले २०७९ मा ४ जिपिए ल्याएका छात्रलाई १ लाख नगद सहित सम्मान गरेको छ । एसईईमा ४ जिपिए प्राप्त गर्न सफल सक्षम सुवेदीलाई नगद १ लाखसहित दोसल्लाले सम्मान गरेको हो । जिपिए पद्धतिमा ४ जिपिएलाई सर्वश्रेष्ठ मानिन्छ । होराइजनले सुवेदी नेपाल प्रथम भएको दाबी गर्दै आएको छ । होराइजनले एस।ई।ईं विद्यार्थी दिक्षान्त समारोहको अवसरमा उक्त सम्मान गरेको हो ।
कार्यक्रममा सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले एस।ई।ई। २०७८ मा विद्यालयका छात्र करुण घिमिरले र २०७९ मा सक्षम सुवेदीले ४ जिपिए ल्याएर कपिलवस्तु वासीकै शिर गर्वले ठाडो बनाई दिएको बताए । अर्यालले कपिलवस्तुले पनि गुणस्तरीय शिक्षा दिन सक्ने र शिक्षा क्षेत्रमा हेपिएको कपिलवस्तु जिल्लाको होराइजनबाट निरन्तर एस।ई।ई।मा ४ जिपिए आउनु बाणगंगाका लागि मात्र नभएर कपिलवस्तु वासीकै लागि हर्षको कुरा भएको बताए । उनले भने अव पढ्न बुटवल जाने दिन गए । बरु वुटवलवाट कपिलवस्तु आउदा राम्रो हुने देखियो ।
रोटरी क्लब अफ नेपाल भुटान ३२९२ का राष्ट्रिय अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूले आफू गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले कपिलवस्तु आएको बताउँदै विद्यार्थीका लागि शिक्षकले गरेको योगदानका लागि ऋणी रहेको बताए । ध्वजूले विद्यालयले गुणस्तरीय शिक्षा मात्र नभएर राम्रो संस्कार पनि दिएको बताउँदैे उत्कृष्ट नतिजा ल्याउने सपनाले रुपन्देही र कपिलवस्तुका बौद्धिक व्यक्तित्वहरुको हातेमालोबाट विद्यालय संचालन गरिएको रै आफूहरुको सपना थोरै मात्र पूरा भए पनि अझै धेरै कुरा गर्न बाँकी रहेको बताए ।
बाणगंगा नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बाणगंगाले शिक्षा क्षेत्रमा छुट्टै ब्राण्ड स्थिापित गर्न लागेको बताउँदै आगमी दिनमा थप उर्जाका साथ लाग्न आग्रह गरे । दीप बोडिङ्ग बुटवलका प्राचार्य टिकाराम न्यौपानेले होराइजनले निकट भविष्मयै विज्ञान संकायका कक्षाहरु संचालन गर्नको लागि व्यापक तयारी गरेको र जिल्लाका लागि आवश्यकता पनि रहेको बताए । बाणगंगाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले कपिलवस्तुको ‘क’ वर्गको विद्यालय रहेको होराइजनले ल्याएको नतिजाले बाणगंगा शिक्षाको हव बन्दै गएको पुष्टि भएको बताए ।
होराइजनका प्रचार्य बासुदेव घिमिरेले विद्यालयले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर व्यवहारिक शिक्षा समेत दिने गरेको बताउँदै होराइजन नेपाली सेनाको इन च्यानल स्कुल समेत रहेको बताए । घिमिरेले कपिलवस्तु जिल्लामा ४ जिपिए होराइजनले दोस्रो पटक ल्याएको र राष्ट्रिय स्तरका विभिन्न विधाहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै आगामी दिनमा थप उत्कृट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा ४ जिपिए ल्याएका सक्षम सुवेदी १८ जना ए प्लस ३० जना ए र ११ जना बि प्लस १ जना बि ग्रेड गरी कुल ६० जनालाई एसइइ उत्तिर्ण विद्यार्थी, अभिभावक र माध्यमिक तहका शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा बाणगंगाका बौद्धिक व्यक्तित्वहरु, शेयर सदस्य, अभिभावक, विद्यार्थी पत्रकार लगायतको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षक पदमपाणी ढुंगानाको रहेको थियो ।यसैबीच विद्यालले दोस्रो पटक ४ जिपिए ल्याएकोमा ¥याली आयोजना गरेको जनाएको छ । पञ्चेबाजा सहित निकालिएको ¥याली नगरका चारनम्बर, बैरिया, पिपरा, बरवा, ओदारी, गजेहडा, बोडगाउँ लगायतका विभिन्न स्थानहरुमा पुगेको थियो ।
ज्येष्ठ नागरिकको व्यवस्थापन गर्न राज्य संवेदनशील हुनु आवश्यक छ : मेयर अर्याल
पशुपति गिरी,बाणगंगा । राष्ट्रिय जेष्ठ नागरिक समाज बाणगंगा नगरकमिटीद्धारा स्व.रुद्र बहादुर कुँबरको ७ औँ सृमिती दिवस बाणगंगा ८,मा मनाएको छ...
Read more