चितवन २३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई कार्यालयबाटै नियन्त्रणमा लिएको छ ।अख्तियारले अधिकृत ढकाललाई सेवाग्राहीबाट दुई लाख घुस लिएको अवस्थामा उक्त रकमसहित शुक्रबार नियन्त्रणमा लिएको हो ।
ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा मर्मत सम्भारको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागको अख्तियारले बताएको छ । ढकालमाथि थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।
कपिलवस्तुमा चन्दा विवादमा हत्या, २ जना पक्राउ
कपिलवस्तु । चन्दा संकलन गरेको रकमको हिसाबकिताब नबुझाई हिनामिना गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेको नेकपा माहावीर...
Read more