कपिलवस्तु २१ असार । कपिलवस्तुमा ४ जिपिए ल्याउन १ जना मात्र सफल भएको शिक्षा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरेले बताउनु भयो ।उहाले रुपन्देहीमा कोहि फेला नपरेको र अर्घाखाँचीमा १ जना पाइएको बताउनु भयो । कपिलवस्तुका सक्षम सुबेदीले ४ जिपिए ल्याएका छन । बिहीवार प्रकाशित नतिजा अनुसार ४ जिपिए ल्याएर कपिलवस्तुको बाणगंगा नगरपालिकाका– ४ सिद्धिपुरका सुबेदी नेपालका प्रथम हुने सुचीमा परेका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका ४ सिद्धिपुर स्थित होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी घिमिरेले ग्रेड प्वाइन्ट ४ अंक हासिल गरेक बिद्यालयका प्राचार्य बासुदेव घिमिरले बताए ।
एस।इ।ई।को हकमा ४ जिपिए सम्पुर्ण कुल नतिजा हो । सुवेदी विद्यालयका मिहिनती र अब्बल विद्यार्थी रहेको प्राचार्य घिमिरेले बताए । चार जिपिए अंक ल्याएका सुवेदीले मेहनत अनुसार अंक आएको भन्दै खुसी व्यक्त गरे । यस अघि २०७८ सालको एस।ई।ईं परीक्षमा होराइजनका करुण घिमिरेले ४ जिपिए प्राप्त गरेका थिए ।
ज्येष्ठ नागरिकको व्यवस्थापन गर्न राज्य संवेदनशील हुनु आवश्यक छ : मेयर अर्याल
पशुपति गिरी,बाणगंगा । राष्ट्रिय जेष्ठ नागरिक समाज बाणगंगा नगरकमिटीद्धारा स्व.रुद्र बहादुर कुँबरको ७ औँ सृमिती दिवस बाणगंगा ८,मा मनाएको छ...
Read more