रुपन्देही ३० पुस । पहिचान नभएको कुकुरको टोकाइबाट रुपन्देहीको देवदहमा एकै दिन १५ जना घाइते भएका छन् । देवदह ७ स्थानीय लोकनाथ खरेल कुकुरको टोकाई बाट घम्भिर घाईते भएका हुन । खरेलको पेटमा गम्भीर चोट लागेको र हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपाचार भैरहेको छ ।
देवदह ७ कालीका मन्दिरबाट टोक्न सुरु गरेको बेबारिसे कुकुरले पिपलडांडामा खरेल सहित मिलनचोक, तल्लो खैरेनीमा गरि १४ बढीलाई टोकेको हो।
कुकुरको टोकाईबाट घाइते सबैको नाम र उमेर खुलिसकेको छैन । बेबारिसे कुकुरले ४ बर्षको बच्चा देखि ६३ बर्षको बृद्द सम्मलाई टोकेको स्थानीय राहुल सापकोटाले बताउनु भयो ।
कुकुरले टोके लगतै स्थानियले उक्त कुकुरलाइ नियन्त्रणमा लिइ मारेका छन ।