कपिलवस्तु । स्थानीय उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय लत्ताकपडा उपलब्ध गराउने उद्देश्यले कपिलवस्तुको बाणगंगा स्थित चारनम्बर चोकमा ‘डिजायर फेसन’ सञ्चालनमा आएको छ । जनहित अनलाइनका निर्देशक समेत रहेका सञ्चारकर्मी विष्णु खरेलले ‘डिजायर फेसन’ सञ्चालनमा ल्यएका हुन ।

फेसनको उद्घाटन आज मनकामना गुरुकुलका बटुकहरूले स्वस्ति वाचन गरेपछि खरेलका बुवा बाबुराम खरेलले रिबन काटेर गर्नुभएको थियो । उद्घाटन समारोहमा स्थानीय व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, घरका परिवार तथा आफन्तहरुको उपस्थिती रहेको थियो ।

डिजायर फेसनमा विशेष गरी लेडिज, जेन्स तथा बालबालिकाका विभिन्न किसिमका कपडा सुपथ मूल्यमा उपलब्ध हुने सञ्चालक खरेलले बताए । दसैँ तथा पसल उद्घाटनको अवसरमा २ हजार रुपैयाँभन्दा माथिको कपडा खरिद गर्ने ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको चिट्ठा कार्यक्रममा सहभागी गराइने पनि उनले जानकारी दिए । साथै, पसलमा दसैँ–तिहारलाई लक्षित गरी विभिन्न अफरसमेत राखिएको छ ।व्यवसायी खरेलले पछिल्लो समय रोजगारीको अवसरको खोजीमा युवाहरू बिदेसिने क्रम बढिरहेको भए पनि आफूले भने जे गर्नुपर्छ, आफ्नै देशमा गर्नुपर्छ भन्ने उद्देश्यका साथ व्यवसाय सञ्चालनमा ल्याएको बताए ।

आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सोचका साथ सुरु गरिएको व्यवसायलाई आगामी दिनमा थप विस्तार गर्ने उनको भनाइ छ । उनले डिजायर फेसनलाई कपिलवस्तुकै सस्तो कपडा पसलको हब बनाउने लक्ष्य रहेको बताए । ग्राहकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राख्दै विभिन्न उमेर समूहका लागि आवश्यक कपडाहरू एउटै स्थानबाट सुपथ मूल्यमा उपलब्ध गराउने उनको भनाइ छ ।

दसैँ नजिकिँदै गर्दा नयाँ कपडा खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ल्याइएको विशेष अफर र चिट्ठा योजनाले पसलप्रति उपभोक्ताको आकर्षण बढाउने अपेक्षा गरिएको छ । चार नम्बर चोकमा रहेको डिजायर फेसनले सस्तो मूल्य, विविध कपडा र आकर्षक अफरमार्फत स्थानीय बजारमा आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ ।