अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ शान्तिबगैँचा नजिकै रहेको एक होटलमा भारत बिहारको मोतिहारीका करिब ३५ वर्षीय एक नागरिक मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मृतक अर्घाखाँचीमा मसलाको व्यापार गर्दै आएका थिए। उनी होटलमा बास बसेका थिए।

होटल सञ्चालकका अनुसार मृतकले बाहिरबाटनै अत्यधिक मदिरा सेवन गरेर होटलमा बासबस्न आएका थिए। शनिबार बिहान होटलको कोठामा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियोे।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।