बाणगंगा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, बाणगंगा शाखाको अध्यक्षमा गोविन्द घिमिरे सर्वसम्मत चयन हुनुभएको छ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेश कार्यसमितिको बैठक तथा भजन कार्यक्रम बाणगंगा नगरपालिका–८, मधुवनस्थित भागिरथी गौ–संरक्षण विकास केन्द्रमा सम्पन्न भएको हो। सोही कार्यक्रममा बाणगंगा शाखाको नयाँ कार्यसमिति चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा खुमकला घिमिरे, सचिवमा हरि गैरे र कोषाध्यक्षमा खिमलाल जैसी चयन हुनुभएको छ। यस्तै सह–सचिव, सह–कोषाध्यक्षसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

कार्यक्रममा लोक भजन तथा चुड्काको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका विषयमा समेत छलफल गरिएको थियो। स्थानीय कला, संस्कृति र मौलिक लोक परम्पराको संरक्षणमा प्रतिष्ठानले निरन्तर काम गर्ने जनाइएको छ।