काठमाडौँ ।

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको बैठक डेढ घण्टा बढी ढिलो सुरु भएको हो ।

विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चरमोत्कर्षमा पुगेको बेला कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधवार मात्रै पुस २७ र २८ गते आह्वान भएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका थिए । २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले बुधवार नै विशेष महाधिवेशनमा उपस्थित हुने आह्वान गरेका थिए । तर, केन्द्रीय कार्यालयले सो आह्वानलाई अवैधानिक भन्दै उपस्थित नहुन प्रतिनिधिहरूलाई अनुरोध गरिसकेको छ ।

यस विवादको समाधान खोज्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।

महामन्त्री विश्वप्रकाश शर्माले बिरामी भएको कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् । अर्का महामन्त्री गगन थापा भने बैठकमा उपस्थित छन् ।