३ पुस, काठमाडौं ।

नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले १,६६३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।