काठमाडौँ ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ ।

सरकारको आह्वानमा महाअभियानले प्रेमदिप लिम्बुको संयोजकत्वमा वार्ता समिति बनाएको हो । समितिमा देवी प्रसाद संग्रौला र प्रेम थापा मगर सदस्य रहेका छन् ।

आइतबार महाअभियानका तत्काल सम्बोधन गर्न सकिने विषय तथा मागहरूको सम्बन्धमा सरकारले सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा तीन सदस्यीय आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेको थियो ।