बाणगंगा ।  १६ औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको महोत्सवको उद्घाटन लुम्बिनीस्थित रोयल थाई मोनाष्ट्रीका प्रमुख भिक्षु फ्रा. श्री बोधी बिदेश सुपोतले गर्ने भएका छन्। विहीबार मंसिर १८ गतेदेखि पुष १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा भव्य रूपमा आयोजना हुन लागेको महोत्सवले यसपटक पनि धार्मिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रको सक्रियता बढाउने छ।

भिक्षु सुपोतले रोयल थाई मोनाष्ट्रीभित्रका विकास–निर्माण तथा व्यवस्थापनदेखि लेकर मायादेवी मन्दिर परिसरमा थाई संस्था ‘थाई पुंग थाई’ को सहयोगमा निर्माण भएका पैदल यात्रु पदमार्ग, सूचना केन्द्र, विश्रामगृह तथा बेबी बुद्ध मूर्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। लुम्बिनी क्षेत्रमा विभिन्न बौद्ध पूजा–पाठ, भिक्षु दीक्षा कार्यक्रमहरू आयोजना गर्दै थाइल्याण्डबाट धार्मिक पर्यटक भित्र्याउन उनले पुर्‍याएको योगदान उल्लेखनीय मानिन्छ। सुपोत २५ वर्षको उमेरमा भिक्षु जीवनमा प्रवेश गरेका हुन्। सन् १९७० मा थाइल्याण्डमा जन्मिएका उनले नेपालमा गएको विनाशकारी भूकम्पपछि भूकम्पपीडित क्षेत्रसम्म पुगेर विभिन्न सहयोग पनि वितरण गरेका थिए।ccccccccccccc.jpg

१६ औं कपिलवस्तु महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणका अनुसार तीन वटा बुद्ध जन्मिएको पवित्र भूमि कपिलवस्तुबाट विश्वसमक्ष शान्तिको सन्देश प्रवाह गर्न भिक्षु सुपोतलाई उद्घाटनकर्ताको रूपमा चयन गरिएको हो। महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले  विहीबार मंसिर १८ गते दिउँसो २ः०० बजे सुपोतले औपचारिक रूपमा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए । क्षेत्रीले भिक्षु तथा सामाजिक व्यक्तित्वहरुद्वारा महोत्समा शान्तिको सन्देश दिन १६ जोडी परेवा उडाउने जानकारी दिए ।

कृषि, पर्यटन, उद्योग, संस्कृतिको मिश्रित प्रदर्शनीका रूपमा परिचित कपिलवस्तु महोत्सवको उद्घाटन पहिलो पटक अध्यात्मिक गुरु सुपोत बाट हुनु असाध्यै समय सान्द्रभिक भएको लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले बताए ।aaaa.jpg

महोत्सवमा  विभिन्न कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय उत्पादन, घरेलु उद्योग, सोनो सिटी (हिउमा खेलेको अनुभूति), जलपरि, सुनामी पिङग लगायतका संरचना निर्माण तीव्र पारिएको छ । मोत्सवमा  १४ औं कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति, सांस्कृतिक कार्यक्रम, खाद्यान्न स्टल, व्यापारिक प्रदर्शनी, बालउद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतको आकर्षणले बाणगंगा मात्रै नभई वरपरका जिल्लाबाट समेत ठूलो संख्यामा दर्शक आउने आयोजकले अपेक्षा गरेका छन् । e.jpg

स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी तथा विभिन्न सरोकारवालाको समन्वयमा आयोजना हुने यो महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ। तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको समग्र विकासमा दरिलो पहिचान बनाएका छन् । कपिलवस्तुको बाणगंगा बुद्ध रंगशालामा हुने महोत्सवलाई विशेष रुपमा लिने गरिन्छ ।