काठमाडौँ ।

माइतीघर मण्डलामा गत कात्तिक २५ गतेदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले अनशन तोडेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सिंहले १० दिनसम्म चलेको अनशन तोडेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका माग पूरा गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै सिंह आमरण अनशनमा बसेका थिए ।

गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र स्वकीय सचिव धिरज जोशीको उपस्थितिमा सरकारले माग सम्बोधन गरिदिने प्रतिबद्धता पत्र लिएर आएपछि देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै अनशन तोडिएको सिंहले बताएका छन् ।