९ कात्तिक, काठमाडौं ।

नवनियुक्त दुई मन्त्रीले राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा शपथ लिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।

डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्रीको सिफारिस गरिएको थियो । खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा उनीहरूको नाम रोकिएको थियो । सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रूपमा नियुक्त गर्न सिफारिस गरिएको थियो ।