काठमाडौं, १५ असोज

प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादशैंका अवसरमा यस वर्ष टीका नलगाउने निर्णय गरेकी छन् ।

बडादशैं हर्षोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएको दुःखद क्षण र धेरै घाइते भएका पीडा अझै ताजा भएकाले, यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने निर्णय लिएको स्पष्ट गर्दै, सर्वसाधारणलाई पनि टीका नलगाउन आग्रह गरेको छ ।