८ असोज, काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका हुन् । सो बैठकले केन्द्रीय समिति भंग गर्दै विशेष महाधिवेशनमा जाने निर्णय समेत गरेको छ ।

महाधिवेशनका लागि आयोजक समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । समितिको संयोजकका रूपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।