काठमाडौं, ५ असोज
आइतबार बिहान सिंहदरबारस्थित ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा भारतीय राजदूत नविन श्रीवास्तवले ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार र यातायात मन्त्री कुलमान घिसिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

जेन-जी पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बनेका घिसिङलाई राजदूत श्रीवास्तवले बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

भेटका क्रममा नेपालका ऊर्जा, यातायात, भौतिक पूर्वाधार र शहरी विकासका क्षेत्रहरूमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेपालको विकासका लागि भारतले सधैं सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालको शान्ति व्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग अहिले पनि अत्यन्त आवश्यक रहेको बताए ।