काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्की र चीनका राजदूत छन सोङ बीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा राजदूत सोङले नेपाललाई चीनले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, राजदूत सोङले असल छिमेकीको रूपमा चीनले नेपालका जनताको चाहनालाई सम्मान गर्ने र आवश्यकताका आधारमा सरकारलाई सहयोग गर्न सधैं तत्पर रहेको बताएका छन् । उनले भने, “नेपाली जनताको चाहनालाई हामी सम्मान गर्छौं, र आगामी दिनमा पनि सहयोग गर्न हामी तयार छौं ।”

यो भेटप्रधानमन्त्री कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनपछि चिनियाँ राजदूतसँग भएको पहिलो भेट हो ।