कपिलवस्तु । मधुवन सामुदायिक वनको २०औ साधारण सभा तथा ९औ अधिबेशनको औपचारिक कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रिता कुमारी चौधरीले बोल्दै नगर भित्र रहेका सामुदायिक बनहरु नगरको अमुल्य सम्पती रहेको बताउनुभयो । उहाले सामुदायिक बनहरुले पनि शिक्षा स्वास्थ्य, कृषि लगाएतको क्षेत्रमा महत्वपुर्ण कामहरुको गरेको औल्याउनु भयो ।

यस्तै डिभिजन बन कार्यालय कपिलबस्तुका निमित्त वन अधिकृत मदन ढुंगानाले बनहरुको प्रमुख काम भनेको दिगो बन व्यवस्थापन गर्नु नै रहेको बताउनुभयो । उहाले बन संरक्षण संगै जैविक विविधताको संरक्षण, उपभोक्ताको सशक्तिकरण र स्रोत साधानको दिगो उपयोगमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

बैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय महासघंका केन्द्रिय अध्यक्ष रेणु सेनले बन माथि लगाइएको दोहोरो तेहोरो करको लगाउनु दुखद रहेको उल्लेख गर्नुभयो ।

मोतिपुर सब डिभिजन बन कार्यालयका बरिष्ट बन अधिकृत एजाज अहमद अन्सारीले महत्पुर्ण कामहरु गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता समिती अध्यक्ष शान्त विक्रम पौडेलले गरिबी न्यूनिकरण तर्फ कृषिमा आधारित कृषकहरुलाई कृषि सामाग्री, गरिब असायउ पभोक्तालार्य राहत वितरण, विपन्न परिवारलाई स्वास्थ्य बिमा गरेको, अतिविपन्न परिवारलाई आवास निमार्ण लगाएतका कार्यक्रमहर गरेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष शालिकराम भुषालको स्वागत सचिव अनिता थापाको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा नव प्रभात सामुदायिक वनका अध्यक्ष तथा बैज्ञानिक वन व्यवस्थापन समितीका केन्द्रिय उपाधयक्ष डिल्लीराज रेश्मी, श्रींगीघाट सामुदायिक नवका अध्यक्ष शुशिल सिहं ठकुरी, निर्वतमान अध्यक्ष खिमलाल खरेल, वडा नंंं. ८ का सदस्य सारदा परियार, बनका सल्लाहकारहरु तुल्सी प्रसाद अर्याल, चक्र बहादुर भण्डारी, मधु अर्याल शंकर प्रसाद आचार्य, बाणगंगा दुग्ध उत्पादक सहकारीका अध्यक्ष राधेश्याम न्यौपाने लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अवसरमा वनका सन्चार सम्वाहक, बन हेरालु, उत्कृष्ट उपभोक्ता, वन रक्षक लगाएतलाई नगद सहित सम्मान गरिएको थियो । अधिवेशनको बन्द सत्र भने अहिले जारी रहेको बताइएको छ ।