शिवराज । शिवराज नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा गए राति करिब १२:३० बजे सशस्त्र चोरी भएको छ।


चार जनाको समूहमा आएका चोरहरूले पिस्तोल र खुकुरी देखाएर घरका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको पारिवारिक स्रोतले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।