काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राजनीति गर्न छोड्दा गर्ल्यामगुर्लम्मै हुन्छ जस्तो लाग्ने गरेको टिप्पणी गरेका छन्।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय नमिलेको तर्क गरे।

उनले देशको राजनीतिको खाँबो आफैँले धानेको जस्तो लाग्ने गरेको बताए। आफूले राजनीतिक खाँबो छोडिदिएपछि सबै भत्किन्छ कि जस्तो हुने गरेको जिकिर गरे। नेपालको राजनीतिको जिम्मा आफ्नो काँधमै पूरै रहेको जस्तो महसुस हुने जिकिर गरे।

प्रचण्डले भने, ‘म सरकारको नेतृत्वमा पनि छैन। प्रमुख प्रतिपक्ष दलको नेता छु। तर यस्तो लाग्छः देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ कि जस्तो लाग्छ। गर्ल्यामगुर्लुम्म ढलिहाल्छ कि जस्तो लाग्छ। जिम्मेवारीबोध भनेको यस्तो हुँदो रहेछ कि अन्तिम अवस्था नहुन्जेलसम्म जिम्मेवारीले थिचिरहने।’

प्रचण्डले आफू साहित्यप्रति धेरै रुचि राख्ने व्यक्ति भएको बताए।