कपिलवस्तु । कपिलवस्तु जिल्लाको वन संरक्षण, संवद्र्धन, दिगो उपयोग र वातावरणीय सुधारका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै जिल्ला बन कार्यालय तौलीहवा तथा मायादेवी साझेदारी बन बाणगंगा १० पटनाले राष्ट्रियस्तरमा सम्मान प्राप्त गरेका छन् ।

काठमाण्डौमा आज भएको सामुदायिक बन दिवस तथा सम्मान कार्यक्रममा वन तथा भू–संरक्षण विभाग, काठमाडौँले जिल्ला वन कार्यालय, उत्कृष्ट कार्य सम्पादन गरेको कदर गर्दै सम्मानपत्र प्रदान गरेको हो । कार्यालयले वन क्षेत्रको संरक्षण, व्यवस्थापन, दिगो उपयोग तथा वातावरणीय सुधारका क्षेत्रमा गरेको कार्यलाई उच्च मूल्यांकन गरिएको छ।

यस्तै, मायादेवी साझेदारी वनले “साझेदारी वन राष्ट्रिय पुरस्कार ” मा तृतीय स्थान हासिल गर्दै रु. २५,००० नगद र प्रमाण पत्र प्राप्त गरेको छ। समूहले जैविक विविधताको संरक्षण, वृक्षारोपण र सामुदायिक सहभागितामार्फत दिगो वन व्यवस्थापनमा उल्लेखनीय योगदान दिँदै आएको छ।

यी उपलब्धिहरूले कपिलवस्तु जिल्लामा वन संरक्षण तथा वातावरणीय सुधारका क्षेत्रमा कार्यरत कर्मचारी र समुदायलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।सम्मान र प्रमाण पत्र ग्रहण गरेपछि बनको बिकासमा योजना बनाई अझ थप कार्य सम्पादन गर्न प्रेरणा मिलेको मायादेवी साभेदारी बनका अध्यक्ष दिनेश जैशवालले बताए ।