कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्तरीय पुरुष डबल ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ। नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलवस्तुकाे आयोजनामा पहिलो पटक पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो।

बाणगंगा नगरपालिका वडा न. ४ मा रहेको बुद्वरगंशालाकाे कवर्डहलमा वैशाख १८ गते हुने प्रतियोगिताको विजेताले नगद २०,००० हजार र शिल्ड,मेडल,प्रमाणपत्र पुरस्कार पाउने छन्। त्यस्तै उपविजेताले १०,०० शिल्ड,मेडल र प्रमाणपत्र र सेमिफाइनल सम्म पुग्ने दुई जोडीले २५००/२५०० रुपैयाँ नगद शिल्ड,मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद महासंघका अध्यक्ष कमल क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा कपिलवस्तु जिल्लाका सम्पुर्ण पालिकाहरूबाट खेलाडीहरुले टिम दर्ता गरी सहभागी हुन पाउने आयोजक संघले बताएको छ।

टिम दर्ता शुल्क दुई हजार राखिएको र टिम दर्ता वैशाख १७ गते दिउँसो १ बजे सम्म रहेको छ।

उक्त प्रतियोगितामा कपिलवस्तुका सम्पुर्ण खेलाडीहरूलाई सहभागी हुनका लागि अध्यक्ष क्षेत्रीले आव्हान गर्दै  ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको र यस संगठनले कपिलवस्तुका खेलाडीहरुको प्रतिभा प्रस्फुटनुंगै क्षमता विकास गरि राष्ट्रिय खेलाडीको रुपमा अगाडि बढाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको समेत बताउनुभएको छ ।

उहाँले उक्त प्रतियोगिता सफल पार्नका लागि खेलाडी, पालिका, वडा, संघ संस्था, पत्रकार सम्पुर्णमा अनुरोध गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका निवर्तमान अध्यक्ष समेत रहनुभएका क्षेत्रीले उक्त संगठनमा हुंदा जिल्लाका युवाहरुलाई संगठित गरि राष्ट्रिय युवा संघ नेपाललाई सशक्त रुपमा अगाडि बढाउनुभएको थियो ।

क्षेत्री युवाहरु माझ लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । नेपाल खेलकुद महासंघ कपिलबस्तु अध्यक्षको जिम्मेवारी लिएसंगै बार्षिक कार्ययोजना निर्माण गरि काम गर्नुभएको छ । जुन संगठनमा आफ्नो जिम्मेवारी ,कर्तव्य अनुशासित र कुशलतापुर्वक पुरा गर्ने आफ्नो मुख्य उद्देश्य रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

यश नेपाल खेलकुद महासंघ कपिलवस्तुले गत असाेजमा जिल्ला स्तरिय अन्तरपालिका ‘नकाउट क्रिकेट प्रतियोगिता’ आयाेजना पनि गरेको थियो।