कपिलवस्तु । आजदेखि मौसममा क्रमिक सुधार भएको छ । यतिबेला गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ । देशका पहाडी भू(भागका थोरै स्थानहरूमा साथै कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भू(भागको एक(दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।