कपिलवस्तु । बाणगंगा नगरपालिकाको जितपुरमा सन्दिपको न्यायको लागि आज दबाबमूलक प्रदर्शन भएको छ । सन्दिपको पक्षमा देशभर प्रदर्शन भइरहेको अवस्थामा कपिलवस्तुमा पनि उनका समर्थक, खेलाडी र बिभिन्न संघसंस्थाले विहान ११ बजे प्रदर्शन गरेका हुन् । कार्यक्रमको लागि अभियान्ता डाक्टर निकाेलस भुसाल पनि आएका थिए।

बाणगंगा राइडर्स क्लव, बाणगंगा स्टार्स स्पोर्टस् क्लव, कपिलवस्तु मोबाईल व्यवसायी संघ संस्था तथा विभिन्न क्रिकेट खेलाडी लगायतहरूकाे सहभागितामा भएको दवाव यात्रामा क्रिकेट खेलाडीहरूकाे उत्साहित सहभागीता रहेको बाणंगाग स्टार्स स्पाेर्टस क्लवका अध्यक्ष मनिष घिमिरेले साझा डायरी अनलाइन लाई जानकारी दिएका छन् ।

उक्त र्याली ११ बजे पिपरा चोकमा जम्मा भएर विभिन्न बाईक,साईकलहरूमा र्याली प्रदर्शन गर्दै चार नम्बर चाेक सम्म र जितपुर देखि हाेराईजन चाेक सम्म र्याली गर्दै कोणसभा गरेका थिए ।उक्त कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी डा.निकाेलस भुषालले सन्दिप लामिछाने गलत हाे भने सजाय हाेस तर निर्दाेष भए विश्वकप खेल्न दे,सन्दिप लामिछानेलाई न्याय दे भन्दै बृहत र्याली समेत गरेका थिए।

सन्दिपले आफू अन्यायमा परेको भन्दै फेसबुकबाट सार्वजनिक गरेपछि उनको समर्थनमा नेता, सांसद, बुद्धिजिवी र वकिलहरुले पनि मुख फेरेका छन् । देशभर दबाब कार्यक्रम गरेर अदालतलाई सन्दिपको पक्षमा फैसला गराउन बाध्य पारिने अभियान्ताहरु बताउँछन् । अदालतले सन्दिपको पक्षमा फैसला नगरी मुद्वा सारेको सार्यै गरेर अन्याय गरेको भन्दै मुलुकभर प्रदर्शन हुन थालेको हो ।