वाणगँगाा ।

शिव मन्दिर सामुदायिक वन उपभोक्ता समिति बाणगंगा १ बुंची कपिलवस्तुको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

समितिको प्राङ्गणमा सम्पन्न बार्षिक साधारण सभामा समुहका अध्यक्ष झलक मल्ल ठकुरीले स्थानीय स्रोत साधनको पहिचान र परिचालन, सम्पर्क समन्वयमा विकास र विस्तार, सदस्यलाई सहयोग गर्न मुल्यमा आधारित दिगो सामाजिक संस्था तथा सुशासन युक्त सामाजिक संस्था सहितको लक्ष्य प्रस्तुत गरे ।

अध्यक्ष ठकुरीले वृक्षरोपण, बिरुवा हुर्काउने, कटान गर्ने तथा वितरण र अन्य आवश्यक स्रोत व्यवस्थापन गरि भरपर्दो माध्यमबाट सेवा सञ्चालनमा ल्याउने, बन विभाग तथा कार्यालय तथा स्थानीय संघ संस्थाहरुको सहकार्यमा रहेको क्षेत्र वरपर पर्यटकीय स्थल निर्माण गर्न समन्वयकारी भुमिका निर्वाह गर्ने जस्ता उद्देश्यहरु प्रस्तुत गरे । त्यस्तै उनले वि।स। २०५७ साल देखि संचालनमा आएको उक्त समितिमा हाल १३ सय १९ जना उपभोक्ता रहेको जानकारी दिएका छन् ।

त्यस्तै चालु आर्थिक बर्षको १ करोड १७ लाख ३० हजार बराबरको प्रस्तावित बजेट तथा कार्यक्रम साधारण सभाले पारित गरेको समितिका अध्यक्ष झलक मल्ल ठकुरीले जानकारी दिए ।

समितिको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला रानाले प्रस्तुत गरेक थिईन । उनले गत आर्थिक बर्षको १९ लाख ४३ हजार ८५ रुपियाँ ५७ पैसा बराबरको बजेट प्रस्तुत गरेकी थिईन् । भने सचिव सञ्जु कुमारी सेनले प्रगति प्रतिवेदन पेश गरेकी थिईन् । प्रस्तुत सबै प्रतिवेदन साधारण सभाबाट पारित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका मेयर चक्रपाणि अर्यालले वनले बजेट तथा कार्यक्रम बनाउँदा स्थानीय सरकारसंग समन्वय गर्न आवश्यक रहेको बताए । अर्यालले वनमा भएको बजेट खर्च गर्दा साधारण सभाबाट पास गरि स्थानीय सरकार डिबिजन वन कार्यालयको स्वीकृती लिनुपर्ने बताए ।

त्यस्तै बैज्ञानिक वन व्यबस्थापन महासंघ केन्द्रिय अध्यक्ष रेनु सेन, प्रदेश अध्यक्ष दिपक थापा, वडा नं। १ का वडाध्यक्ष संजु सारु, बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाह, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, पत्रकार पार्वती पाण्डे लगायतले मन्तब्य राख्दै साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।