रिता खनाल

पाल्पा सत्यवती घर भई हाल कपिलवस्तु जिल्लाकाे बाणंगगा नगरपालिका ४ हरिहरपुर बस्दै आएका ७१ वर्षका दमन सिङ पाण्डे १२ दिन देखि बेपत्ता भएका छन।

गहुँ गोरो खालकाे , हल्का मनस्थिति कमजोर पनि रहेकाे र उनले ढाका टाेपी आकासे कलरकाे टिसट निलाे ट्राक लगाएर कपिलवस्तु काे चारनम्बर जितपुर बाट १२ दिन देखि बेपत्ता भएका हुन् ।
परिवारले प्रहरीमा पनि खबर गरेकाे तर लामाे समय सम्म पनि पत्ता नलागेपछि ७१ बर्षिय वृद्ध दमन सिङ पान्डेकाे परिवार दुखित भएको छ। आफन्तहरु सबैतिर पनि सम्पर्क गरिरहेको तर केही पत्ता लाग्न नसकेकाे भन्दै खाेजिगरिदिन परिवारले सम्पुर्ण मा आग्रह गरेकाे छ । यदि कसैले देखिहालेमा नजिकैको प्रहरी चौकी ,वा परिवारको सम्पर्क नम्बर ९७६६२७५३८६ मा सम्पर्क गर्न परिवारले आग्रह गरेकाे छ ।