राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु क्षेत्र नम्बर १ ले आज शक्ति प्रदर्शन गरेको छ । मौन अवधि लाग्दै गर्दा विभिन्न ठाउँलाई समेटेर गरेको मोटरसाइकल र्यालीमा मतदाताको उत्साह पुर्ण सहभागिता देखिएको हो ।

यस क्षेत्रका उम्मेद्वार मोहनलाल आचार्य सहितको उक्त र्याली बिहान १० बजे चारनम्बर चोक बाट क्षेत्र भित्र पर्ने चारवटै पालिकामा घुम्दै ओदारीमा आएर सम्पन्न भएको हो ।

र्यालीको क्रममा मतदातालाई सम्बोधन गर्दै उम्मेद्वार आचार्यले आज राति देखि मौन अवधि लाग्ने भन्दै २१ फाल्गुनमा विवेक प्रयोग गरेर मत हाल्न आग्रह गर्नुभयो । अन्य दलहरु र तिनका उम्मेद्वारहरुलाई विगतमा कयौँ पटक अवसर दिदा पनि केहि गर्न नसकेको भन्दै अहिले आफु र सिङ्गो रास्वपालई जिताउन उहाँले आग्रह गर्नुभयो ।

र्यालीमा युवा देखि वृद्धवृद्धाको हजारौँको सङ्ख्यामा उत्साहपुर्ण उपस्थिती रहेको रास्वपा क्षेत्रनम्बर १ ले जनाएको छ ।