कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार शत्रुघन विलास सिंह कुर्मीले घरदैलो अभियानलाई तिव्र पारेका छन् । घरदैलोका क्रममा विभिन्न टोल तथा बस्तीमा पुगेका कर्मीलाई मतदाताले आत्मीय स्वागत गर्दै आशीर्वाद दिएका छन् ।

अभियानका क्रममा उम्मेदवार कुर्मीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझाव सुनेका थिए । उनले आफू निर्वाचित भएपछी क्षेत्रका जनताको अपेक्षा अनुसार विकास, सुशासन र जनमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घरदैलो अभियानमा स्थानीय नागरिक, पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र आशीर्वादले थप हौसला मिलेको भन्दै कुर्मीले आगामी दिनमा पनि घरदैलो तथा जनसम्पर्क अभियानलाई निरन्तरता दिने बताएका छन् ।