२१ माघ, काठमाडौं ।

निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै निर्वाचन आयोगले न्यायाधीश नियुक्ति नगर्न न्याय परिषद्लाई पत्र पठाएको छ ।

न्याय परिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिका विषयमा परिषद्मा पत्राचार गरेको थियो । त्यसको जवाफमा आयोगले परिषद्लाई न्यायाधीश नियुक्ति नगर्न पत्राचार गरेको हो ।

केही साता अघिमात्रै लोकसेवाको प्रतिस्पर्धाबाट उत्तीर्ण जिल्ला न्यायाधीशहरू नियुक्त भइसकेका छन् । उनीहरूको भने हाल पदस्थापनाको काम भइरहेको छ । न्याय परिषद्ले परीक्षा बाहेक ज्येष्ठताका आधारमा पनि न्यायाधीश नियुक्ति गर्न सकिने विषयमा आयोगसँग पत्राचार गरेको थियो ।

४ माघदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आयोगले सो अवधिमा न्याय परिषद्बाट न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णय गरेको हो ।