कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)  कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार मोहनलाल आचार्यले करिब ३५ हजार मत ल्याएर चुनाब जित्ने बताएका छन । रास्वपा कपिलवस्तु क्षेत्र नम्बर १ ले आज बाणगंगामा गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन ।

कार्यक्रममा सञ्चारकर्मीका प्रश्नहरुको जबाफ दिदै उम्मेद्वार आचार्यले आफु लामो समयदेखि संविधान, कानुन निर्माण लगायत विभिन्न नीति नियम र मस्यौदा निर्माण गर्ने टिममा बसेर काम गरेको भन्दै चुनाब जितेर त्यसको भरपुर सदुपयोग गर्ने बताएका छन । उनले कपिलवस्तुमा आफु जति क्षमतावान उम्मेद्वार अरु को छ रु भन्दै सञ्चारकर्मीलाई प्रश्न समेत गरेका थिए । आफुलाई सामाजिक सञ्जालमा कहिँकतै टुरिस्ट उम्मेद्वार भनिएको भन्दै यहि ठाउँमा जन्मेर यहि ठाउँमा पढ्ने पढाउने गरेको व्यक्ति कसरी टुरिस्ट हुन्छ भन्दै प्रश्न गरेका थिए ।

कपिलवस्तुवासीले आधारभुत आवश्यकता समेत नपाएको भन्दै अब कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रमा रास्वपाले जितेपछि त्यसको समाधान गरेर देखाउने बताउनुभयो । विगतका दलहरुले प्रशस्त सम्भावना भएको देशलाई संकटग्रस्त देश बनाएको भन्दै त्यस्ता गलत तौरतरिकालाई रास्वपाले जरैदेखि उन्मुलन गर्ने बताए ।