१८ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि आफ्ना हतियार अपुग भएको जनाउँदै नेपाल प्रहरीले सेनासँग पेस्तोल सापटी माग गरेको हो ।

प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागिएको कुरा पुष्टि गरे पनि कति संख्यामा माग गरिएको हो भन्ने विवरण भने खुलाउन चाहेनन् ।

तर, प्रधान कार्यालय स्रोतका अनुसार करिब ३ हजार पेस्तोल सापटी माग गरिएको छ । यसअघि पनि विभिन्न निर्वाचनका समयमा नेपाल प्रहरीले सेनासँग हतियार सापटी लिएर प्रयोग गर्दै आएको छ ।

यसपटक पनि हतियार अभाव भएपछि सापटी मागिएको हो । प्रहरीसँग रहेका केही हतियार जेनजी आन्दोलनका क्रममा लुटपाटसमेत भएका थिए ।