काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको छ ।