६ माघ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

त्यस्तै, रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन् ।