काठमाडौँ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने हुनुभएको छ । उहाँको स्वकीय सचिवालयले देउवा उम्मेदवार नबन्ने जानकारी दिएको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार यसपटकको निर्वाचनमा शेरबहादुर देउवाले उम्मेदवारी नदिने निर्णय गर्नुभएको हो ।

देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुरा निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्दै आउनुभएको थियो । उहाँ हालसम्म सात पटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसक्नुभएको छ ।