५ माघ, काठमाडौं ।

रास्वपा सभापति रवि लामिछाने ले आफू सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने दाबी गरेका छन् ।

सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यसअघि आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसद्मा जाने उल्लेख गरे ।

उनले भने-“हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु ।” लामिछानेले आफू प्रत्येक दिन टाउकोमा लागेको मुद्दाका कारण कुनै न कुनै अदालतमा जानुपरेको गुनासो गर्दै भने,

“प्रत्येक दिन मेरो टाउकोमा लागेका मुद्दाका कारण कुनै न कुनै अदालतमा उपस्थित हुनुपर्छ । मलाई प्रवाह छैन, जनताको मुद्दा बोकेर हिँडेको मान्छे त्यस्ता मुद्दा लड्दै गरौंला । जित्दै गरौंला । हारे हारिन्छ, जिते जितिन्छ ।”