काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै बन्ने दाबी गरेका छन् ।

बालेन प्रधानमन्त्री नबने जनकपुरमा आत्मदाह गर्ने अभिव्यक्ति उनले दिएका छन् ।

‘हामी सीता माताका सन्तान हौँ । सीता माता यही धर्तीमा समाहित भएकी थिइन् । यदि बालेन प्रधानमन्त्री भएनन् भने म पनि जनकपुरको धर्तीमा समाहित हुनेछु,’ सिंहले दोहोर्‍याउँदै भने, ‘बालेन प्रधानमन्त्री नबने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

बालेनलाई देशको महानायकको संज्ञा दिँदै सिंहले आफ्नो गम्छा देखाएर भोट मागेका थिए ।

‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु मधेशलाई प्रधानमन्त्री देऊ,’ उनले आक्रामक शैलीमा सम्बोधन गर्दै भने ।