काठमाडौँ ।

हिजो घटेको सुनको भाउ आज सामान्य रूपमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।
यसअघि बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । महासङ्घका अनुसार चाँदी आज तोलामा १ सय ६० रुपैयाँले बढेर तोलाको ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको थियो ।