२० पुस, काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रियासम्बन्धी विषयमा छलफल भइरहेको छ ।

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको यो पहिलो केन्द्रीय सचिवालय बैठक भएको झाले बताए ।