१४ पुस, काठमाडौं ।

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको हो ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्दसूची बुझाउने अन्तिम दिन हो । दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् ।

आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), जसपा नेपाल र गतिशिल लोकतान्त्रिक पार्टीले बन्दसूची बुझाइसकेको छ ।

नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले १ सय १० जनाको सूची बुझाएका छन् ।

त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० र गतिशिल लोकतान्त्रिक पार्टीले ११ जना उम्मेदवारको सूची आयोगमा बुझाएको हो ।