राहुकाल

बिहान ८ बजेर १२ मिनेटदेखि बिहान ९ बजेर ३० मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रह्म मुहूर्त

बिहान ५ बजेर १९ मिनेटदेखि बिहान ६ बजेर ७ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

व्यापार, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी बढाई नाफा कमाउन सकिनेछ । माया–प्रेममा आफ्ना प्रियजनलाई वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा सक्रिय रहनेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचार जनमानससम्म पुर्‍याउन सकिनेछ । भेटघाट, यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

समय अनुकूल रहेकाले आम्दानीको तुलनामा खर्च कम भई बचत बढ्नेछ । स्वास्थ्य सामग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार फस्टाउनेछ । एनजिओ तथा आइएनजिओमा काम गर्नेहरूका लागि अवसर र पदोन्नतिको योग रहेको छ । अध्ययन तथा कामका सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ । माया–प्रेमका लागि समय उत्तम छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

साथीभाइ, बन्धुबान्धव तथा इष्टमित्रको सहयोगले परिणाममुखी काम गर्न सकिनेछ । व्यापार, उद्योग तथा सेयर बजारमा लगानीबाट मनग्गे लाभ हुनेछ । शिक्षा तथा शैक्षिक पेसाबाट आम्दानी बढ्नेछ । माया–प्रेम बलियो बन्नेछ भने जीवनसाथीको सहयोगले उपलब्धि हासिल गर्न सकिनेछ । पैतृक सम्पत्तिबाट आम्दानी बढ्ने योग छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

व्यापार तथा सेयर बजारबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । रोजगारी तथा पदोन्नतिको योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुनेछ । आफ्नै मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । अध्ययनमा मन जाने भएकाले अपेक्षित नतिजा प्राप्त हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

भाग्यले साथ दिनेछ । सानो लगानी र प्रयत्नबाट पनि राम्रो आम्दानी हुन सक्छ । सेयर बजार तथा व्यापारबाट नाफा प्राप्त हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अध्ययन तथा अनुसन्धानमा अपेक्षित सफलता मिल्नेछ । धर्म, अध्यात्म र मित्रतामा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुने योग छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

अध्ययनमा मन जानेछ र प्रविधिको प्रयोगबाट लाभ लिन सकिनेछ । व्यापार, सेयर बजार तथा उत्पादनमुखी क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन् । परिवार तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धका लागि समय अनुकूल छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

व्यापारमा लगानीबाट मनग्गे आम्दानी हुनेछ । व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ । लगनशीलता र इमानदारिताले दैनिकीमा सुधार आउनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । माया–प्रेममा नजिकता बढ्नेछ । राजनीतिक तथा सामाजिक गतिविधिमा समय बित्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

पढाइमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नतिजा प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने पुराना रोगबाट राहत मिल्नेछ । कानुनी तथा न्यायिक निर्णयहरू अनुकूल हुनेछन् । रोजगारीमा पदोन्नतिको योग छ । प्रेममा नजिकता बढ्नेछ । खर्च बढे पनि उपलब्धिमूलक कार्य हुनेछन् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

आकस्मिक धनलाभ तथा उपहार प्राप्तिको योग रहेको छ । माया–प्रेम र दाम्पत्य जीवन सुदृढ हुनेछ । सन्तानबाट सहयोग तथा सन्तानको प्रगतिमा खुशी मिल्नेछ । अध्ययनमा उत्कृष्ट नतिजा र पुरस्कार प्राप्त हुने सम्भावना छ । यात्रा तथा भेटघाटमा समय बित्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

व्यापार, उद्योग तथा सेयर बजारबाट सन्तोषजनक आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । स्वास्थ्यमा केही ध्यान दिनु आवश्यक छ । आफन्त र आमासँगको सम्बन्ध सुमधुर हुनेछ । लामो दूरीको यात्रा तथा प्रेमिल यात्राको अवसर मिल्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

व्यापार तथा सेयर बजारमा गरिएको लगानीबाट प्रशस्त नाफा हुनेछ । सापटी दिएका रकम फिर्ता आउँदा आर्थिक स्थिति बलियो बन्नेछ । आफन्तबाट सहयोग र मिठो भोजनको अवसर प्राप्त हुनेछ । माया–प्रेम बलियो बन्नेछ । न्यायिक निर्णयहरू अनुकूल हुनेछन् । छोटो तर उपलब्धिमूलक यात्रा हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

खाद्यान्न, होटल तथा रेस्टुरेन्ट व्यवसायबाट राम्रो आम्दानी हुनेछ । निर्माण सामग्री, गरगहना तथा औषधिजन्य व्यापार फस्टाउनेछ । प्रेम र मनोरञ्जनका लागि समय अनुकूल छ । पारिवारिक तथा रमाइलो यात्राको अवसर मिल्नेछ । नयाँ काम तथा पदोन्नतिको योग रहेको छ । अध्ययनका लागि लामो दूरीको यात्रा हुन सक्छ ।

तपाईँको दिन शुभ रहोस् ।