काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथको समय तय भएको छ ।

निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथ अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा लिन तय गरेको छ ।

एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।

पदाधिकारीसहित केन्द्रीय कमिटीमा ओली प्यानलले बहुमतसहित विजयी भएको छ ।