३ पुस, काठमाडौं ।

नेकपा एमालेको महासचिव पदमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणामअनुसार पोख्रेलले १,२२८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।

यसअघि अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतान्तरले विजयी भइसकेका छन् । यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।