काठमाडौँ ।

देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।