कपिलवस्तु । आगामी फागुन २१ गते हुन लागेको संघीय निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नं. १ कपिलवस्तुले प्रत्यक्ष तर्फ तीन जनाको नाम सिफारिस गरेको छ। पार्टीको क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ को मंसिर २१ गते बसेको बैठकले सो निर्णय गरेको हो।

क्षेत्रीय सभापति अब्दुल मन्नान खाँका अनुसार प्रतिनिधिसभा सदस्यका लागि युवा नेता आशिष शर्मा, युवा नेता खुमबहादुर ठकुरी ‘शक्ति’ तथा धुब्र नेपालको नाम केन्द्रीय तहमा सिफारिस गरिएको छ।

सिफारिस सूचीको पहिलो नम्बरका आशिष शर्मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्। गत महाधिवेशनमा क्षेत्र नं. १ बाट सबैभन्दा धेरै मत ल्याएर विजयी भएका शर्मा सफल युवा व्यवसायीका रूपमा कपिलवस्तुमा लोकप्रिय छन्।

त्यसैगरी नेपाल तरुण दल कपिलवस्तुका जिल्ला सभাপति तथा कांग्रेस कपिलवस्तुका जिल्ला सचिव खुमबहादुर ठकुरी ‘शक्ति’ र कांग्रेस नेता धुब्र नेपालको नाम पनि सिफारिसमा परेको छ।

क्षेत्रीय सचिव विजय खनालका अनुसार क्षेत्रीय कार्य समिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले प्रतिनिधिसभा, राष्ट्रिय सभा सदस्य र समानुपातिक श्रेणीअन्तर्गतका नामहरू कांग्रेस विधान–२०७४ (संशोधनसहित) को सम्बन्धित धाराहरू अनुरूप सिफारिस गरेको हो।

समानुपातिक तर्फका सिफारिस
बैठकले समानुपातिक समावेशी समूहअन्तर्गत विभिन्न समुदायबाट निम्न नामहरू सिफारिस गरेको छः

मुस्लिम समूह

वजीद अरसद
खस–आर्य समूह

कमलेश कुमार शर्मा
हिमलाल पौडेल
हरिराज घिमिरे
लोकराज गिरी
विमला गैरे
इन्द्रा भट्टराई
आदिवासी जनजाति समूह

ललित गुरुङ
गोविन्दी थारु
मधेशी समूह

सुरेश शर्मा
चर्तुभुजी मणि त्रिपाठी
विसम्भर कुर्मी
थारु समूह

पूर्णप्रसाद चौधरी
रामशंकर थारु
तारा थारु

दलित समूह

लक्ष्मी नेपाली ‘दर्जी’
राष्ट्रिय सभा सदस्य तर्फ सिफारिस
अन्य समूहअन्तर्गत राष्ट्रिय सभा सदस्यका लागि निम्न नाम सिफारिस गरिएका छन्—

जैसराम यादव
राजेश आचार्य (पूर्व जिल्ला सभापति)
मंगल थारु (पूर्व मेयर, बाणगंगा)
सोहरत तेली
महिला सदस्य तर्फ

सुमित्रा शर्मा
अपांगता/अल्पसंख्यक समूह तर्फ

कृष्णप्रसाद न्यौपाने
क्षेत्रीय सचिव खनालका अनुसार सिफारिस सूची नेपाली कांग्रेस कपिलवस्तु जिल्ला समिति, लुम्बिनी प्रदेश समिति तथा केन्द्रीय कार्यसमितिमा पठाइिएको छ।